×

चैत्र १० बिहीवार, हेर्नुहोस आजको राशिफल

images

मेषः आज समय खराब रहनेछ । मनमा संकुचित विचार बढ्न सक्ने तथा कसैसँग मनमुटाव हुन सक्ने पनि सम्भावना छ, ख्याल पुर्याउनु होला । पारिवारिक भार बढ्न सक्ने एवं अभाव खट्किन सक्ने देखिन्छ । केही असन्तुष्टिको सामना गर्नपर्ने हुनसक्छ, संघर्ष तथा अपयशसँग जुध्नका लागि आत्मबल बढाउनु पर्ला । काममा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । 

वृषः आज स्वास्थ्य राम्रो रहनेछ । दाम्पत्य एवं भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने तथा प्रेमसम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देश विदेशको यात्रा हुन सक्ने सम्भावना पनि देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्न सक्नुहुनेछ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवं मानसिक शान्ति मिल्नेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ । 

मिथुनः आज समय शुभ रहनेछ । अवसरको सदुपयोग गर्न सकेको खण्डमा अनुकूल एवं सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । विरोधीपक्षसँग आफ्नो पक्षमा सम्झौता गर्न सकिने छ ।

कर्कटः आज पनि समय भरपर्दो रहनेछैन । सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्नेछ । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्न सक्ने छ । आयमा मन्दी आउने तथा सञ्चित धन खजानाको खर्च हुने, अस्वस्थता बढ्न सक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । तथापि खासै नसोँचेको विषयको काम बनेर आकस्मिक लाभ तथा उपलब्धि हात पर्नसक्ने कुरालाई पनि गोचरले दखाइरहेको छ ।

सिंहः आज समय खराब छ । बोलिचाली एवं जनव्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । व्यवसाय तथा कर्म क्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने देखिन्छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै योजनामा नपरेको काम बनेर केही राहत भने मिल्न सक्नेछ । अप्रत्यासित उपलब्धि हातपार्न सकिने सम्भावना छ । तपाईलाई आज कुमारीदेवीको श्रद्धा भक्ति एवं उपाशना गर्नु हितकर हुनेछ ।

कन्याः आज समय शुभ छ । मानसम्मान प्राप्त हुने र व्यापार व्यवसाय एवं जागिर आदि पेशाको क्षेत्रमा अनुकूलता सृजना हुनेछ । समाज सेवाका कार्यमा ग्रहले राम्रो बल दिइरहेको देखिन्छ । सम्भावना हराइरहेका केही कामको सम्भावना पनि भेटिन सक्ने छ । समयको अनुकूलतालाई बुझेर राम्रो कार्यमा सदुपयोग गरी विशिष्ट दर्जा एवं पक्षका व्यक्तित्वसँग महत्वपूर्ण उपलब्धि लिन सकिनेछ । राज्यको क्षेत्रबाट पनि आज काम लिन सक्नुहुनेछ । आज तपाईले भगवान गुरु गणपतिको दर्शन भक्ति गर्नु शुभप्रद हुनेछ ।

तुलाः आज समय अत्यन्तै खराब छ । बोलीवचनको अपव्याख्या हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न, ख्याल गर्नुहोला । धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुन सक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवं समाजिक सेवामा संलग्न हुने मौका मिल्न सक्ने छ । नाता-कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । आज हनुमानदेवको भक्तिभाव गर्नु शुभकर हुनेछ ।

वृश्चिकः आज पनि समय अत्यन्तै शुभ छ । व्यवहारिक कुशलता बढ्नाले मान्छेहरुको ध्यानाकर्षण गर्नसकिने गोचर परेको छ । मानप्रतिष्ठा बढ्ने र मिठो खानेकुरा प्राप्ति हुन सक्नेछ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्न सक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताका लागि दृढताको साथमा अगाडि बढ्न सक्नुहुनेछ । सामाजिक जिम्मेवारी पनि थपिन सक्नेछ । 

धनुः आज समय खराब छ । मनमा विना कामका चिन्ताले सताउनेछन् । आफू अपमानित हुनुपर्ने ठाउमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ । आज सकेसम्म पूर्व दिशाको यात्रा नगर्नुहोला ।

मकरः आज समय अनुकुल रहनेछ । पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्न सकिने छ । व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्न सकिने छ । सांसारिक पुरुषार्थ गर्न पनि सक्नुहुने छ । यात्रा योजना एवं नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्दा हुनेछ । 
 
कुम्भः आज समय मध्यमखालको रहनेछ । पराक्रम बढ्ने हुनाले पुरुषार्थकर रहनेछ । शारीरिक जोश जाँगर बढ्ने हुनाले रोकिएर रहेका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवं भाइबहिनीसँगको सहकार्यबाट उपलब्धि गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ ।

मीनः आज समय खराब रहनेछ । स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।

साइतः आज सूर्य मीन र चन्द्रमा वृश्चिक राशिमा छन् । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

बिहीबार १० चैत २०७८ ०८:२५ AM मा प्रकाशित

प्रतिक्रिया