×

राजावादी र भारतबारे ओलीले नेपाली र विदेशी मिडियाहरूमा गरेको भनिएको टिप्पणी निराधार : एमाले

images

काठमाडौं । नेकपा एमालेले पार्टी सचिवालय बैठकका विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका महासचिव शङ्कर पोखरेलले विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका भनेर प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान र हामीले अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो । संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्र प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ । इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

महासचिव पोखरेलले एमाले र पार्टी नेतृत्वको वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार १० चैत २०८१ ०३:११ PM मा प्रकाशित

प्रतिक्रिया