काठमाडाैं। सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरु मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश गरेको हो। प्रसाईंको परिवारले बन्दीप्रत्यक्षीकरणको रिट दाय गरेको थियो। उनीमाथि आयोगको काममा प्रभावित पार्नेगरी अफवाह सिर्जना गरेको आरोप लगाइएको थियो ।
अदालतले प्रसाईंलाई थुनामा राखिरहनु पर्ने पर्याप्त आधार र कारण नदेखिएको भन्दै तत्काल थुनामुक्त गर्न आदेश जारी गरेको हो । यद्यपि, उनी विरुद्धको अनुसन्धान भने कानुन बमोजिम जारी रहने आदेशमा उल्लेख छ ।
प्रतिक्रिया