×

चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउनेगरि डिपोर्ट

images

काठमाडौं । विकिनी सिरियल किलर चार्ल्स शोभराजलाई आफ्नो देश फ्रान्स पठाउनको लागि एयरपोर्ट पुर्याईएको छ ।

१९ वर्षपछि जेलमुक्त भएका शोभराजलाई आजै डिपोर्ट गर्न लागिएको हो । उनी अब १० वर्ष नेपाल आउन नपाउनेगरि यहाँबाट निश्काषित हुँदैछन् ।


अध्यागमन विभागले शोभराजलाई कडा सुरुक्षाका बीच विमानस्थल पुर्याएको छ । सर्वोच्च अदालतले उनलाई जेलमुक्त गर्नको लागि यही बुधबार आदेश दिएको थियो । सोही आदेशअनुसार उनी आज जेलमुक्त भएका हुन् । शोभराजले अझै केही दिन नेपालमै रहने चाहना व्यक्त गरेका थिए ।

जेलबाट अध्यागमन विभाग र विभागबाट विमानस्थल लैजाने क्रममा उनले आफ्नो तस्विर खिच्न नदिनपनि सुरक्षाकर्मीहरुलाई आग्रह गरेका थिए । सोहीअनुसार पत्रकारलाई उनको तस्विर खिच्न वञ्चित गरिएको थियो ।

शुक्रबार​ ८ पुस २०७९ ०९:१० PM मा प्रकाशित

प्रतिक्रिया