काठमाडौँ । अमेरिकाको वाशिंगटन डीसीमा एच५एन५ बर्ड फ्लूको उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको छ ।
राज्य स्वास्थ्य विभागका अनुसार, यो विश्वमा एच५एन५ भेरियन्टको पहिलो मृत्यु पुष्टि भएको हो ।
मृतक व्यक्ति ग्रे हार्बर काउन्टीका थिए । उनी वृद्ध थिए । स्वास्थ्य विभागका अनुसार, उनको घरमा कुखुरासहित धेरै प्रकारका घरेलु चराहरू थिए । चराहरूको बस्ने ठाउँहरूमा पनि बर्ड फ्लूको निशान भेटिएको थियो ।
यसले संक्रमणको सबैभन्दा सम्भावित स्रोत यी चराहरू वा नजिकैका जंगली चराहरू थिए भन्ने पुष्टि भएको छ । विभागले आम जनताको लागि जोखिम धेरै कम रहेको बताएको छ । यस केससँग सम्बन्धित अन्य कुनै पनि व्यक्तिमा यो भाइरस संक्रमणको पुष्टि भएको छैन ।
प्रतिक्रिया