×

सुनको मूल्य हालसम्मकै उच्च दर कायम

images

काठमाडौं ।  सुनको मूल्य बुधबार पनि बढेर हालसम्मकै उच्च दर कायम भएको छ। आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला १ लाख ६६ हजार ७ सय पुगेको छ। हिजो मंगलबार सुन तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । आज चाँदी २ हजार १ सय ३५ रुपैयाँ कारोबार भइरहेको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो। हिजो चाँदी तोलाको २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार ७ कात्तिक २०८१ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया