×

सुनको मूल्यमा नयाँ कीर्तिमान

images

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो । यो हालसम्मकै सर्वाधिक उच्च मूल्य हो।

हिजो सुनको मूल्य १ लाख ५८ हजार ८ सय रुपैयाँ प्रतितोला थियो। आज सुन तोलामा चार सय रुपैयाँ वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य भने हिजोकै यथावत छ। चाँदीका मूल्य आज १ हजार ९ सय २० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ। 

सोमबार ७ असोज २०८१ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया