×

सहकारी ठगी प्रकरण- छविलाललाई ५ दिन म्याद थप, लामिछाने पक्राउ पर्ने सम्भावना

images

काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन अध्यक्ष तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न  न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप्न अनुमति दिएको हो । जोशीलाई आइतबार राति पोखरा लगिएको थियो । जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको हो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् । सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

यसैबीच गृहमन्त्रालयमा सुरक्षा निकायका सबै प्रमुखहरुको उपस्थितिमा उच्चस्तरीय बैठक बसेको छ । गृहमन्त्री रमेश लेखकले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो च्याम्बरमा बोलाएर बैठक गरेका हुन् । उक्त बैठकको ऐजेन्डा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्नेबारे केन्द्रित रहेको बताइएको छ । गृह स्रोतका अनुसार लामिछाने आजै पक्राउमा पर्ने प्रवल सम्भावना रहेको छ ।

सोमबार ७ असोज २०८१ ०७:४४ PM मा प्रकाशित

प्रतिक्रिया