×

हलिउड अभिनेत्री क्यामरुनले अभिनयबाट विश्राम लिँदै 

images

काठमाडौं । हलिउडकी सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्री क्यामरुन डियाजले अभिनयबाट विश्राम लिने भएकी छिन् । अब आउने कुनैपनि प्रजेक्टमा आफूले काम नगर्ने उनले बताएकी हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उनी अब पूर्ण समय आफ्नो परिवारलाई दिन चाहन्छिन् ।

क्यामरुन अहिले लण्डनमा एक्सन फिल्म ‘ब्याक इन एक्सन’ को सुटिङमा व्यस्त छिन् । यो फिल्म सकिएपछि क्यामरुनले विश्राम लिने बताएकी छिन् । नायिकाले कहिलेकाहीँ १०–१० घण्टा काम गर्नु पर्ने भएकाले छोरीलाई समय दिन नसकेको बताएकी छिन् । क्यामरुनले केही दिनअघि पति बेन्जी म्याडेन र छोरी रेडिक्सबाट टाढा रहन नसक्ने भन्दै आफ्नो करियरभन्दा परिवारको बढी महत्व रहेको बताएकी हुन् ।

यसअघि सन् २०१८ मा पनि क्यामरुनले अभिनयबाट विश्राम लिने निर्णय गरेकी थिइन् तर, अभिनेता जिम्मी फक्सको निर्देशनमा उनी फेरि फिल्ममा फर्किएका हुन् ।

क्यामरुनको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको हो । उनले १६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । जब उनी १७ वर्षकी थिइन्, उनी ‘सेभेन्टिन’ (१९९०) पत्रिकाको कभर गर्ल बनिन् । उनले २–३ महिना मोडलको रुपमा काम गरिन् । १९९४ मा २१ वर्षको उमेरमा फिल्म ‘द मास्क’ बाट डेब्यू गरेकी थिइन् ।

सन् २०१३ मा क्यामरुन र एलोन मस्क प्रेम सम्बन्धमा रहेको खबर बाहिर आएको थियो । क्यामरुनले मस्कको कम्पनी, टेस्ला मोटर्सबाट कार किनेकी थिइन् जसको कारण उनीहरुको भेट भएको थियो ।

उनले ‘फीलिंग मिनेसोटा’, ‘कीज टू तुलसा’, ‘एनी गिवन‘, ‘चार्ली एंजेल्स’, ’द इनविजिबल सर्कस’, ‘द हलिडे’, ‘द बक्स’ ,’द अदर वुमन’,  ‘एनी’ लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् ।

बिहीबार ९ चैत २०७९ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया