×

लुम्बिनि सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी संसदीय दलको बैठक बस्दै  

images

काठमाडौं । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रले तयारी थालेको छ । समर्थन फिर्ता लिन  माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बैठक ११ बजे बस्दैछ । प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । बिहीबार बिहान ११ बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । 

गत पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा र जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रमा एमाले बाहिरीएसंगै त्यसको प्रभाव प्रदेशमा पनि देखिएको छ । आज अस्ने बैठकलले निर्णय गर्ने तथा अबको मुख्यमन्त्री कांग्रेसले लिने बरालले जानकारी दिए । 

अब बन्ने प्रदेश सरकारमा माओवादीकै दावी रहने वा कांग्रेसको भन्ने प्रश्नमा उनले भने ‘मुख्यमन्त्रीमा दावी हामीले गरेका छौं । हाम्रै संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा अघि सार्ने हो । तर, अघिल्लो पटक माओवादीले मुख्यमन्त्री लिएकाले यस पटक कांग्रेसले पनि दाबी गरिरहेको छ । केन्द्रको निर्णय अनुसार हामी अघि बढ्ने हो । ’

लुम्बिनीमा माओवादीले कांग्रेसलाई मुख्यमन्त्री दिन नसक्ने बताउँदै आएको छ । एमालेका शंकर पोखरेल सत्ताच्यूत भएपछि बनेको गठबन्धन दलले तत्कालीन समयमा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेकाले यस पटकको कांग्रेसबाट मुख्यमन्त्री बन्नुपर्ने तर्क कांग्रेसीहरूको छ । ८७ सांसद् रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद् आवश्यक हुन्छ ।
 

बिहीबार ९ चैत २०७९ १०:५८ AM मा प्रकाशित

प्रतिक्रिया