काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका पाँच प्रहरी अतिरिक्त महानिरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
बुधबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना व्यक्तगर्दै आगामी दिनमा संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी महानिरीक्षक सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशिल र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनु पर्ने बताउँदै संगठनको आगामी नेतृत्व अव्बल व्यक्तिको हातमा जाने विश्वाससमेत व्यक्त गरेका छन् ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति थिए ।
प्रतिक्रिया