×

भक्तपुरस्थित जुवाखालबाट भारतीय नागरिकसहित १६ जुवाडे पक्राउ

images

 
काठमाडौं । प्रहरीले भक्तपुर मध्यपुर ठिमी नपा–१ लोकन्थलीबाट दुई भारतीय नागरिकसहित १६ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्ने भारतीय नागरिक ३२ वर्षीय मदन मण्डल र ३० वर्षीय सुनिल कुमार रहेका छन् । 
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई लोकन्थलीस्थित मझेरी क्याफेबाट पक्राउ गरेको हो । जुवाखालबाट पक्राउ पर्ने अन्यमा  सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नपा–९ का ३९ वर्षीय दिलिप गिरी, सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नपा–१२ का ४९ वर्षीय  टिकाराम गिरी, सिन्धुपाल्चोक जुगल गापा–५ का ४६ वर्षीय जितबहादुर विश्वकर्मा, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाापा–६ का ३५ वर्षीय नवराज बोहरा, सिन्धुपाल्चोक जुगल गापा– १ का ३२ वर्षीय सन्तोष श्रेष्ठ रहेका छन् । 
त्यस्तै, पक्राउ पर्ने अन्यमा सिन्धुली सुनकोशी गापा–९ का ५८ वर्षीय कसाङ लामा, काभ्रे मण्डनदेउपुर नपा–३ का ३८ वर्षीय  शंखबज्र लामा, काभ्रे पाँचखाल नपा–३ का ३५ वर्षीय सन्तोष चौलागाई, काभ्रे नमोबुद्ध नपा–७ का २९ वर्षीय सुमन खनाल , काभ्रे नमोबुद्ध नपा– ७ का ३६ वर्षीय गोपाल कुईकेल रहेका छन् । 
प्रहरीले जुवाखालबाट मकवानपुर हेटौडा उमनपा–१८ का ३५ वर्षीय कृष्णबहादुर मोक्तान, मकवानपुर हेटौडा उमनपा–१८ का ३० वर्षीय विक्रम ब्लोन मोक्तान,  दोलखा कालिन्चोक गापा–३ का ३९ वर्षीय कृष्ण बुढाथोकी र रसुवा गोसाईकुण्ड गापा–६ का ३९ वर्षीय छवाङ वाईवा रहेका छन् । 
 

बिहीबार ९ चैत २०७९ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया