×

आमसञ्चारसँग सम्वन्धित कानून निर्माण प्राथमिकतामा परेन -- महासंघ अध्यक्ष पोखरेल 

images


काठमाडौं । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आम संञ्चारसँग सम्वन्धित संसदमा अड्किएको विधेयक चाँडोभन्दा चाँडो कानून निर्माण प्रकृयामा लैजान सरकारसँग माग गरेका छन् । 
सामुदायीक रेडियो प्रसारक संघ (अकोराब)को १७ औं साधारण सभा तथा सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले संचार क्षेत्रसँग सम्वन्धित संसदमा रहेका विधेयक सरकारको प्राथमिकतामा नपरेको गुनासो गरे । यस्ता काम प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो कानून निर्माण गर्नु पर्ने उनको भनाई थियो । 
नेपालको पत्रकारिता क्षेत्रमा रेडियोलाई पनि समेट्ने गरी कानून निर्माण हुनुपर्ने उनको भनाई  छ । आवश्यक कानून निर्माण नभए सञ्चार क्षेत्रले जनताको अपेक्षा पूरा गर्न नसक्ने बताउँदै उनले निजी निर्माणलाई प्राथमिकता दिन राजनीतिक दललाई आह्वान गरेका गरे । त्यस्तै, उनले पहुँचको आधारमा विज्ञापन दिने प्रकृयाको अन्त्य गर्न समानुपातिक विज्ञापन प्रणलीको व्यवस्था गर्न समेत माग गरे । 

बिहीबार ९ चैत २०७९ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया