×

राम्रो चलचित्र बन्न कलाकारको भन्दा प्राविधिकको महत्वपुर्ण भुमिका हुन्छ- वरिष्ठ कलाकार भुषाल

images

काठमाडौं । वरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्र क्षेत्रमा कलाकारको भन्दा महत्वपूर्ण दायित्व प्राविधिक क्षेत्रको हुने बताएकी छिन् ।  नेपाल चलचित्र प्राविधिक संघको २० औं वाषिर्क साधारण सभा तथा नयाँ कार्यसमिति चयन एवम् प्राविधिक सम्मान कार्यक्रममा बोल्दै उनले चलचित्र क्षेत्रको विकासलमा प्राविधिकहरुको महत्वपूर्ण भुमिका रहेको बताइन् । 

उनले भनिन्, ‘हामी त पर्दा अगाडि बसेर अभिनय मात्र गर्ने हो । हाम्रो भन्दा ठूलो भूमिका प्राविधिमा काम गर्नेहरूको हुन्छ । अप्रत्यक्ष रुपमा दायित्व छ।’ 
उनले संस्था स्थापना गर्नको लागि गरेको सङ्घर्षको परिणाम स्वरुप दुख परेको अवस्थामा संस्थाले ५ लाख सहयोग दिन सक्ने अवस्थामा पुगेको भन्दै प्राविधिक संघले ठुलो सफलता प्राप्तगर्दै गएको बताइन् । उनले भत्ता दिने जिम्मेवारी सरकारको भएपनि प्राविधिक संघले मिर्गौला फेर्दा २ लाख, क्यान्सर भएपछि तुरुन्तै एक लाख दिने व्यवस्था गरेको जानकारी दिइन् । 
 

बिहीबार ११ फागुन २०७९ ०३:३६ PM मा प्रकाशित

प्रतिक्रिया