×

कसैले सुमतितन्त्रको नाम लिएछन् भने अव तर्सिनु पर्दैन

images

गहिराइ कति छ नै थाहा नपाई एक्कासी कतै हाम फाल्न पुगे भने त्यो त्यहाँबाट बाहिर निस्कनको लागि मुस्कील नै हुनजान्छ । ठीक त्यस्तैगरि शकसंवत् भनेको के हो र मानदेवसंवत् भनेको के हो ? त्यसको कुनै भेउ नै नलिइकनै  लिच्छविकालमा चलेको संवत् भनेकै शकसंवत् र मानदेव संवत् नै हुन् भनी हाम फालेर पत्याउन थाल्नु भनेको उ सोझै त्यस्तै दलदलमा गएर फस्नु भने जस्तै हो । तव उनीहरु त्यहाँबाट कहिल्यै निस्कन सकिरहेको छैन भन्ने कुरा प्रत्यक्ष  देखिंदै आएको छ । जव कुनै दलदलमा पसेपछि परालको त्यान्द्रोलाई पनि सहारा भनी समात्न पुग्छ भने झैं हतारहतार समाएको परालको त्यान्द्रोेसरि सुमतितन्त्र समात्न पुग्नु भनेको पनि उस्तैउस्तैको कुरा हो । किनभने त्यही सुमतितन्त्रले सुश्रुत ग्रन्थ(सहोत्तरतन्त्र)मा भएको संवत् ३०१ लाई मानदेवसंवत् पनि भनीरहेका छन् भने त्यही सुमतितन्त्रले मानदेवसंवत् ३०४ वर्ष चलेपछि बल्ल नेपालसंवत् शुरु हुन्छ पनि भनी रहेका छन् । यो कुनै तालमेल मिलेको कुरा बिल्कूलै होइन । त्यसैले कसैले सुमतितन्त्र भनेर नाम लिएर तर्साइरहन्छ भने अव तर्सिनु पर्दैन । यही कुरा जनमानसमा सहजै बुझाउन सकियोस् र त्यसले ल्याएको व्याप्त भ्रम हटाउन सकियोस् भनी यो लेख तयार गरिएको हो । 

त्यही सुमतितन्त्र भुजिंमोल लिपिमा लेखिएको ग्रन्थको पुष्पिका बाक्यमा ग्रन्थ सारेको मिति यसरी दिइएको छ ।
 

शराऽङ्कवेदैस् ४९५ तुलिते नेपालाऽभिधवत्सरे पौषे कृष्णे त्रयोदश्यां रवौ निर्ऋतिभे ध्रुवे ।। द्विर् आरम्भात् प्रतिलिपेर् ग्रन्थोऽयं पूर्णताम् अगात् ।

                                                                                                                                               (लिच्छविसंवत्को निर्णयको पृष्ठ १२२ र १२३)


नेपालसंवत् ४९५ भनेको जयस्थिति मल्ल पालाको समय पर्दछ । तव उनकै समयमा सुमतितन्त्र सार्न लगाएको रहेछ भन्ने पनि यहाँ प्रष्ट हुन्छ । यहाँ यो पनि ध्यानाकर्षण गर्न सकिन्छ कि लिच्छविकालको यो मितिमा लेखिएको पुस्तकलाई अहिले यो लिपिमा, यो मितिमा सारेको हो भन्ने कुरा जनिएको छैन ।

उनै जयस्थितिमल्लकै पालामा सुमतितन्त्र सारेको मितिभन्दा १५ वर्ष पछि राखेको पाटन उवावहीको एक ताम्रपत्र अभिलेखमा दिइएको संवत् प्रकरण यस्तो पाइन्छ ।  

अथ कलिराजवर्ष ४४९२ विक्रमराजवर्ष १४४४ शकराजवर्ष १३१३ श्रीमत् नेपालिकः श्रेयोस्तु ।। सम्वत् ५११ प्रथमाषाढ शुक्ल दशम्यायां.........सोमवासरे......।।
                                                                                                                             (पूर्वमध्यकालका अभिलेख पृष्ठ १८२ )

यी दुइको तुलना गर्दा नेपालसंवत् ५११ सम्म जयस्थिति मल्लको पालामा शकसंवत् के हो र बिक्रमसंवत् के हो रु थाहा थिएन भने स्पष्ट भएकोले  त्यहीबेला लेखाइएको सुमतितन्त्र भरपर्दो स्रोत भनेर पत्याउने आधार बिल्कूलै हुंदैनन् भन्ने त प्रष्ट रुपले प्रकट भएकै छ  ।

तथापि त्यही सुमतितन्त्रलाई विश्वसनीय स्रोत भनेर मान्ने हो भने शक ८०० को वैशाख सम्म ३०१ भइरहेको मानदेवसंवत् शक ८०१ को कार्तिकमा गएर त्यही मानदेवसंवत् ३०४ भइसक्ने संभावना बिल्कूलै हुन्दैन भन्ने कुरा अलिकति पनि हेक्का नराख्ने बौद्धिक चेतनालाई सम्मान गर्नुपर्छ कि धिक्कार्नु पर्छ भन्ने त थाहाहुनु पर्यो नि ।

यसरी शकसंवत् भने ८०० बाट अर्को साल ८०१ हुने मानदेवसंवत् मात्र ३०१ बाट अर्को साल छलाङ् मारेर ३०४ भै सक्ने जस्तो  वाहियात कुरालाई गणना गरेको भनेर धक्कु छोडेर हिंडीरहेको हुनु र त्यही कुरा भजनको रुपमा हरेक दिन गाइरहन्छन् भने त्यो त उनीहरुको आत्मरति सिवाय अरु केही होइनन् भन्न सकिन्छ । अर्को कुरा त्यही भजनमा सामेल हुने भजन मण्डलीहरुले पनि त्यही भाष्यलाई भजनको बोली बनाएर हाँ मा हाँ मिलाएर थपडी बजाउंदैमा संवत् ३०१ बाट अर्को साल ३०४ बितीसक्ने हो भनी सिद्ध गर्नका लागि लाख कोशिस गरिउन् तापनि संभव हुने कुरा बिल्कूल होइन । यस कुरामा अलिकति त विवेकको ढकनी उघार्ने चेष्टा गरियोस् , भन्नको लागि यहाँ कोट्याइएको हो । किनकि इतिहास भाँड्ने अधिकार कसैलाई छैन त्यही भएर मात्र हो अरु कुरामा गणना गरेको भन्नेहरुलाई कसैले देवता महामानव मानेरै पूजा गरिरहन्छन् वा आकासका तारा भनेरै तारिफ गरिरहन्छन् भने गरिरहुन् त्यो कुनै मतलव र सरोकारको कुरा होइन ।

अब सहोत्तरतन्त्र सुश्रुत ग्रन्थमा भएको मितिको गणनाको परिणाम के कस्तो दिइएको छ । सोको उद्धरण यसप्रकार

                            वर्षे चैकोत्तरस्मिंस्त्रितयशतगते माधवे मासि शुक्ले

 

                      सप्तम्यां पुष्यऋक्षे दश(श)तिकरणे वासरे सिद्ध योगे ।।

                                                                                                                (  लिच्छविकालका अभिलेख पृष्ठ ५९९)
            (संवत् ३०१ वैशाखशुक्ल सप्तमी तिष्यनक्षत्र आइतवार सिद्धयोग )

 यो मितिलाई गणनाबाट परिणाम यो आउंछ भनी  लिच्छविसंवत्को निर्णयमा दिइएको प्रकरण

                                            यस प्रकार छ
अभिलेखको संवत् (मानदेवसंवत्) ३०१ विक्रमसंवत् ९३५ शाके ८०० वैशाखशुक्ल वार आदित्य

                                        तिथि सप्तमी घडी३३ पला १३ नक्षत्र तिष्य घडी ३७ पला १४

                                                                                                           (लिच्छविसंवत्को निर्णय पृष्ठ २७ )

यो परिणाममा शक भन्नु र शाके भन्नु एउटै हो भन्ने धारणा लिइए अनुरुप शक ८०० लाई शाके ८०० भनिएको छ । इस्वीसंवत्को तारिख गणना गर्नु पर्यो भने शक ८०० बाट जानु पर्ने हुन्छ । निर्णयको परिणाममा इस्वीसंवत्को तारिख गणना कतै पनि उल्लेख छैन । तर यही मितिलाई  इस्वीसंवत्मा रुपान्तरण गर्दा AD 878 April 13 th तारिख आइतवार पर्न आउंदछ भनी सन् १९८४ मा रोमको इस्मियो बाट प्रकाशित लुसियानो पेतेकको मेडियभल हिस्टोरी अफ नेपाल नामक पुस्तकको पृष्ठ २९ मा दिइएको छ भने त्यो तारिख गणना कसरी गरियो, कुन सिद्धान्त अपनाइयो र गणनाका चरणहरु के के थिए ? ती कुरा भने पुस्तकमा कहीं पनि उल्लेख छैनन् । तर The date was elaborately verified by Nayaraj Pant भनेर चाहीं दिइएको देखिन्छ । यसको मतलव पं नयराज पन्तद्वारा अनुमोदित भनेर यो तारिखलाई देखाउन खोजेको हो भनेर बुझ्न सकिन्छ । 

यही मितिलाई  इस्वीसंवत्मा रुपान्तरण गर्दा जुलियन क्यालेण्डर अनुसार AD 878 April 13 th तारिख आइतवार पर्न आउंदछ भनी नेपालसंवत् १११५ मा स्थापित नेपाल टेक्ष्ट सोसाइटी कान्तिपुरबाट प्रकाशित डा. कमलप्रकाश मल्लको नेपालका इतिहास संशोधकहरुको उत्थान र पतन नामक पुिस्तकाको पृष्ठ २७  मा पनि दिइएको छ । उहाँले यो गणना हर्मन ज्याकोबीको दि कम्प्युटेशन अफ हिन्दु डेट्स् इन इन्सक्रीप्सन्स इटिसि भनेर मात्र दिइएको छ । तर  गणनाको लागि के सिद्धान्तलाई अपनाइयो र गणनाका चरणहरु के के हुन् उहाँले पनि कहीं कतै उल्लेख गर्नु भएको छैन ।

सहोत्तरतन्त्रको पुस्पिका बाक्यमा भएको त्यो मितिको साँच्चैको तारिख गणना कस्तो हुनु पर्ने भन्ने कुरा यसरी खुलस्त गरिन्छ ।

अव तारिख गणनाद्वारा यसको परिक्षा गर्दा सहोत्तरतन्त्रको मिति संवत् ३०१ भनेको अंशुवर्माको पालामा ५०० तष्ट भएर आएकोले ३०१ भनेको लिच्छविसंवत् ८०१ वैशाखशु्क्ल सप्तमी आइतवार तिष्य नक्षत्र सिद्धयोग परेको भनी बुझ्न सकिन्छ ।

लिच्छविसंवत् ८०१ भनेको शकपूर्व २ को भएको हुनाले यो शक ७९९ को कार्तिकदेखि शक ८०० को आश्विन सम्म रहने हुन्छ भनेर समेत  बुझ्नु जरुरी हुन्छ ।

अव तारिख गणना
अभिलेखको संवत् ८०१(३०१)= शक ७९९ को कार्तिक देखि शक ८०० असोज सम्म बस्ने हुंदा
                ३०१ वैशाख = शक ८०० वैशाख हुने भयो ।

यहाँ लिच्छविसंवत् ८०१ चाही कार्तिकादि वर्ष हो र शकसंवत् चैत्रादि भएको हुनाले शक ७९९ को कार्तिक देखि शक ८०० को आश्विन सम्म रहन्छ भनी बोध गराउन खोजिएको हो ।

तिथिगण= चैत्रशुक्ल प्रतिपदा देखि  इष्टदिनसम्मका तिथि
=चैत्रादि गतचान्द्रमास ह्३० +वर्तमान चान्द्रमासका शुक्लादि वर्तमान तिथि
        = चैत्र १ + वैशाख शुक्ल सप्तमी ७
        =१ह्३०+७ =३०+७=३७ 


यहाँ शकसंवत् चैत्रादि सिद्धान्तबाट गरिएकोले चैत्रको मास ३० दिन र वैशाख शुक्लको सप्तमी ७ सात समेत गरी चैत्र शुक्ल प्रतिपदा देखि इष्ट तिथि भनेको वैशाख शुक्ल सप्तमी सम्म दिन गन्दा ३७ भएको हो । यदि शकसंवत् लाई कार्तिकादि भनियो भने कार्तिकशुक्ल प्रतिपदा देखि वैशाख शुक्ल सम्म गन्नुपर्दा १८७ दिन हुनजाने हुनाले मिल्दैन । अतः शकसंवत् चैत्रादि नै हो कार्तिकादि होइनन् भन्ने यसले पुष्टि गर्दछ ।


 यसको इष्ट शक = शक ८०० भयो । इष्ट इश्वी ८०० + ७८ गर्दा = इश्वी सन् ८७८ भयो ।


तिथिगण = चैत्र १ + वैशाख ७ =३०ह्१+७ = ३७ । ३७—१८=१९(मेष तिथ्यन्तको १८ लाई घटाएको )

 

 १.प्राचीन  रीतमा दिइएको अंश ।२. योगफल लाई ३६०ले भाग गरी शेष फल ३. योगफल लाई ३६०ले भाग गरी शेष फल। ४. सामान्य वर्ष भएकोले ५९ जोडेको ५योगफल लाई  ७ ले भाग गरी शेष फल ।६. योगफल लाई ३० ले भाग गरी शेष फल ।
ग्रन्थको पुष्पिका वाक्यको मिति संवत् ३०१ वैशाख शुक्ल सप्तमी आइतबार लाई तारिखमा परिणत गर्दा जुलियन क्यालेण्डर अनुसारAD 878 April 13 th Sunday पर्दछ भन्ने कुरा यहाँ गणनाले सिद्ध गरेको छ । यही मिति लुसियानो पेतेकले पनि उल्लेख गरेको र डा. कमलप्रकाश मल्लले पनि उल्लेख गरेको थियो । उहाँहरुले यति तारिख पर्न आउंछ मात्र भने तर गणनाको तरिका दिएको थिएन । अहिले यहाँ गणना गर्दा पनि यही आउनु भनेको यो गणनामा कुनै प्रकारको खोट देखाउने ठाउँ छैन भन्ने प्रमाणित हुन्छ । किनकि सुमतितन्त्रका धक्कुवाजहरु वा विदेशीहरुबाट भएको गणना भएमात्र त्यो गणनालाई गणना मान्ने अन्यथा अरुले गणना गरेको भयो भने भारभुरेले गरेको गणना भनेर नपत्याउने संस्कार यहाँ चर्को मात्रामा देखिंदै आएको छ ।
तैपनि अरुको खोटै मात्र खोज्नेहरुले उनीहरुको गणना सुमतितन्त्रको अनुकूल हो भन्न अझै पनि छोडिरहेका छैनन् । त्यसरी सुमतितन्त्र कै मात्र भक्तिगान गरिरहनेहरुले मानदेवसंवत्लाई जताबाट पनि ओल्टाइपल्टाइ शक ८०० वैशाखमा उनीहरुको मानदेवसंवत् ३०१ हुने र शक ८०१ कार्तिकमा गएर ३०४ भइसक्छ , त्यसपछि मात्र नेपालसंवत् उठेको हुन आउने हो भनी मान्दै आए । यसरी जतिसुकै जिद्दी गर्दै आएतापनि तारिख गणनालाई भने विश्वजगतले सहजै नियाल्न सकिने कुरा हुनाले ढुक्क हुन सकिन्छ कि । विश्वजगतमा रहेका विद्वानहरुले इस्वी ८७८ अप्रील १३ तारिखमा ३०१ भएको इस्वीसंवत् ८७९ अक्टोवर  २० सम्ममा ३०४ वर्ष भइसक्छ भनी किमार्थ पत्याउने वाला छैन । यो कुरा दृढ विश्वासका साथ भन्न सकिन्छ । 

सुमतितन्त्रको निरर्थक भक्तिगानका नमूनाहरु

 

१. सुमतितन्त्रमा उल्लिखित कुरामा भने कतैबाट पनि कुरा बाझिन आएको छैन । यसकारण संवत्को निर्णय सुमतितन्त्र को मतको आधारमा गर्नु उपपत्तिसम्मत देखिएको छ । यसो हुंदा सुमतितन्त्रको आधारमा पहिलोसंवत् शकसंवत्  र दोस्रोसंवत् ४९८ शकसंवत् देखि(वि.सं ६३३ देखि) उठेको मानदेवसंवत्  हो भन्ने सकारी यस ग्रन्थमा समयको उल्लेख गरिएको छ ।  यसबाट चाँगुको यस स्तम्भलेखको समय ३८६ + १३५ = ५२१ वि.सं हुन आउँछ ।


२. ..........इतिहासका मुख्य घटनाहरुको कालक्रम सुमतितन्त्रबाट खण्डन भएको छैन । यद्यपि यस ग्रन्थले  धेरै कुराको उत्तर दिन सकेको छैन । अन्य प्रमाण नपाउञ्जेल लिच्छविकालका अभिलेखहरुको पहिलोसंवत् ७८ ई.को अक्टोवर तद्नुसार वि.सं १३५ को कार्तिक महिनामा सुरु भएको र दोस्रोसंवत् शकसंवत्को ४९८ वर्षमा तद्नुसार अक्टोवर ५७६ ई. अर्थात् वि.सं ६३३ मान्नु उपयुक्त हुनेछ ।


३. अहिले आएर सुमतितन्त्र नामक ज्योतिषसम्वन्धी हस्तलिखित ग्रन्थको प्राप्तिले अझ पहिलो संवत् शकसंवत् नै हो भन्ने कुरामा कतैबाट शंकागर्ने बाटो छैन ।

दोस्रो संवत्को सम्वन्धमा यसलाई ५७४ इस्वीमा शुरु भएको भन्ने जुन तर्कना हितनारायण झाले गर्नु भएको थियो त्यो केही सत्यको सन्निकट पुगेको अनुभव हुन्छ । किनभने त्यो संवत् वि.सं ६३३(सन् ५७६)देखि शुरु भएको हो भन्ने त सुमतितन्त्रले मानेकै छ ।


४. सुमतितन्त्रमा अयनांशको चर्चा छैन । यसकारण अयनांशको ज्ञान हुनुभन्दा पहिले सुमतितन्त्रको रचना भएको हो भन्ने स्पष्ट छ ।यसरी अयनांशको ज्ञान हुनुभन्दा पहिले सुमतितन्त्र बनेको हो भन्ने देखिन्छ । यसकारण सुमतितन्त्र लिच्छविकालमा बनेको हो  भन्ने कुरा स्पष्ट छ । 


यी सुमतितन्त्रका भक्ति महिमाहरुलाई सुन्ने र सुनाउने ठाउँ पनि हुनु जरुरी छ  । जहाँ पायो त्यहाँ सुनाउंदै हिड्दैमा हुने कुरा होइन त्यहाँ सुन्नेहरु पनि त हुनु पर्यो , भित्तालाई सुनाएर के काम ? जसले इतिहास राम्रो संग बुझेको छ उनीहरुले यो महिमा अव सुन्न पनि चाहने छैन । किनभने सुमतितन्त्रको हवाला दिएर शक ८०० वैशाख सम्म ३०१ मानदेव संवत् हुने त्यही मानदेवसंवत् शक ८०१ कार्तिकमा गएर ३०४ भुक्त हुनजान्छ भन्दै गर्दा आहा! भनेर तारिफ गर्नेहरु सायद कोही पनि हुंदैनन् । यदि भएछन् भने उनीहरु इतिहास चाहे भाडमा जाओस्  भन्नेहरु  कोही छन् भने ,उनीहरुले मात्र सुन्छन् होलान् भनौंन । कुरो नबुझेसम्म ती महिमा कतिले सुने पनि होलान् । किनभने हामीले पनि त्यो महिमा सुनेकै हौं तर जव सुमतितन्त्रले वाहियात कुरा पो पस्केको रहेछ भनेर बुझे पछि अव सुन्नु छैन भनेर निर्धक्क साथ भन्न सकिने भएको हो । पहिले त सुमतितन्त्रको नाम लिइयो कि के के न थियो भनी झस्किन्थ्यौं भने अहिले झस्किनु परेन । 


निष्कर्षः 

लहै लहैमा नलागी सुमतितन्त्रलाई राम्रो संग बुझ्ने पाठकहरू कोही छन् भने उनीहरूबाट केही आस गर्न सकिन्छ । सूझ न बूझ पुच्छर लाग्ने लेखकहरूबाट कुनै आस नगरौं । किनभने ती लेखकहरूबाट निम्न लिखित सवालहरूको अपेक्षित जवाफको आशा संभव छैन । 
१. सुमतितन्त्रमा विक्रमसंवत्को कुनै गुञ्जायसै छैन । यदि छ भने कुनचाही पटलमा छ ,त्यो खुलाइयोस् । त्यत्तिकै विक्रमसंवत् ६३३ मा मानदेवसंवत् उठ्यो यो सुमतितन्त्रमा उल्लेख छ भनी हावादारी कुरा लेखिरहनु उचित होइन ।  


२. सुमतितन्त्र कहिले लेखियो भन्ने कुरा पुष्पिका वाक्यमा ग्रन्थ सारेको मिति मात्र छ त्यसमा लिच्छविकालको यो समयको ग्रन्थलाई सारेको भनिएको छैन । यदि छ भने कुन पटलमा छ त्यो खुलाइयोस् । त्यत्तिकै वि.सं ६३३ देखि ९३७ भित्र लेखिएको हावादारी कुरा प्रचार गरिरहेको हुनु भएन । कुनै निश्चित समय उल्लेख गर्न नसक्दा बढीमा दश वर्षको हाराहारी गरी ६३३ देखी ६४३ भित्र भन्नु सम्म ठीक जँचिएला । तर तीनसय वर्ष भन्दा बढीको हाराहारी देखाएर प्रचार गरी हावादारी कुरा लेखिनु उचित होइन ।


३. सुमतितन्त्रमा शकसंवत् कार्तिकादि भनेर लेखेको कतै उल्लेख छैन । यदि छ भने कुन पटलमा उल्लेख छ त्यो खुलाइयोस् । लिच्छविकालमा चलेको संवत् कार्तिकबाट शुरु हुने अवश्य हो । तर लिच्छविकालमा चलेको संवत्लाई कसैले शकसंवत् मान्दैमा त्यो शकसंवत् आफसेआफ कार्तिकादि ठहरिन जाने होइन । सुमतितन्त्रको मूल वाक्यमा दिइएका कुनै पनि संवत् त्यहाँ कार्तिकादिका छैनन् । त्यत्तिकै हावादारी कुरा गरेर शकसंवत् कार्तिकादि हुनसक्छ भन्नु उचित होइन ।


४. सुमतितन्त्रको नाम लिने बित्तिकै सवै दोष माफी र क्षम्य हुन्छ भनी कहीं कुनै शास्त्रहरूमा उल्लेख छैन । त्यसकारण कसैले सुमतितन्त्रको नाम लिइकन अभिलेखमा दिइएका संवत् ३८६ छ भने त्यसैलाई शकसंवत् पनि भन्ने त्यसलाई विक्रमसंवत्मा  परिणत गर्दा अभिलेखमा जेठको मिति भएकोले ३८६ बाट ३८७ हुन्छ भनेर अथवा ३८६ मा १३५ जोड्नुको सट्टा जेठको महिना भएकोले १३६ जोडेर वि.सं ५२२ हुन्छ भन्दै हिंड्छ भने त्यसलाई कसले क्षम्य ठहरियो भनीरहेका छन् ? कसैले गरेको छैन । त्यसरी हावादारी कुरा गरिरहने अधिकार कसलाई छैन । त्यस्तै सहोत्तरतन्त्रमा संवत् ३०१  दिइएको छ, यो कार्तिकादि भएकोले वैशाखमा १ बढाइ ३०१ लाई ३०२ बनाउनु पर्छ तव यसमा ६३३ जोडेर वि.सं ९३५ भन्दै हिंड्छ वा वैशाखको महिना भएकोले संवत् ३०१ मा ६३४ जोडेर वि.सं ९३५ भन्नको लागि पनि सुमतितन्त्रको नाम लिंदैमा स्वतः क्षम्य हुने होइन । अभिलेखमा वैशाख कै महिना भएपनि ३०१ दिइएको हुंदा हुंदै वैशाखमा १ बढाउने सुविधा सुमतितन्त्रले दिएको छ भन्न कुन पटलमा उल्लेख छ खुलाइयोस् । यदि होइन भने बगरेले खसीको मासु भन्दै बाख्रीको मासु बेचे जस्तो सुमतितन्त्रलाई यसरी दुरुपयोग गरिरहन पाईंन्दैन । 

५. दुरुपयोग गर्नुको पनि हद हुन्छ नि । वेदांग ज्योतिषमा एकवर्षमा ३६६ दिन  हुन्छ भनेको छ पञ्चसिद्धान्तिकाको सूर्यसिद्धान्त अनुसार १ सौर वर्षमा ३६५ दिन १५ घडी३१ पला ३० विपला हुन्छ भनेको भन्दै शास्त्र र गणित देखाउने गरेको देखिन्छ भने संवत् ३१ को चाँगुको गरुड कवचको तिथिमितिको गणना गर्दा  शक ५२९ को वर्षमा ३९० दिन भएको वर्ष देखाएर गणना गर्दा सुमतितन्त्रको आड लिएर गरेको भन्नु समुतितन्त्रको चरम दुरुपयोग हुनु हो । यदि सुमतितन्त्रमा ३९० दिनको वर्ष हुन्छ भनी दिइएको छ भने कुन पटलमा त्यो कुरा उल्लेख छ इमान्दारी भएर देखाइयोस् । 


यसरी सुमतितन्त्रमा भन्दै नभनिएको अनेकौं झुठ्ठा कुराहरु समेत थुपारेर  सुमतितन्त्र नभेटिएको भए हामीलाई लिच्छविसंवत्को निर्णय गर्न ज्यादै गाह्रो पथ्र्यो  भन्दै चरम दुरुपयोग गर्दै आएको हुनु भनेको देशकै लागि लज्जास्पद कुरा हो भन्न सकिन्छ । त्यसमाथि दिन र तिथि के हो भन्ने थाहा हुने स्वनाम धन्य ज्ञाताहरुले सुमतितन्त्रको यसरी चरम दुरुपयोग गर्दै आउंदा पनि त्यही दुरुपयोगलाई मात्र बढावा दिंदै , अनेकौं पृष्ठपोषणहरु गर्दै प्रशंसा ,प्रोत्साहन गर्दै आइरहेको हुनुले मुलुककै इज्जत धानीरहेको छ भन्न सकिन्न  भन्ने स्पष्ट हुन आएको छ । त्यसैले अव उप्रान्त कसैले सुमतितन्त्र भन्दै अझै पनि तर्साउन छोडिरहेका छैनन् भने पनि अव तर्सिनु पर्दैन ढुक्क हुनोस् । यही सुझाव छ ।


 

 


 

 

शुक्रबार​ ११ फागुन २०८० ०४:१४ PM मा प्रकाशित

प्रतिक्रिया