×

सम्झौता अनुसार कलंकी–चक्रपथ सडकखण्ड विस्तारको काम सम्पन्न हुनुपर्छ- यातायात मन्त्रीको निर्देशन 

images

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनीयाँ कम्पनीबीच भएको सहमति अनुसार काठमाडौं चक्रपथको सडक विस्तारले पुर्णता पाउनुपर्ने बताएका छन् । 

विस्तार हुन बाँकी चक्रपथको कलंकी–चक्रपथ सडकखण्ड निरीक्षणका क्रममा उनले चाँडै सडक विस्तारले पुर्णता पाउनु पर्ने बताएका हुन् । त्यसका लागि आवश्यक पहल भइरहेको उनले बताए । 

उनले भने ‘नेपाल सरकार र चिन सरकारमा सम्झौता भए अनुसार कलंकी–चक्रपथ सडकखण्ड विस्तार गर्ने  सम्पन्न गर्नु छ । यो काम अगाडी बढाउन चिन सरकारले सहमती दिईसकेको छ । त्यसअनुसार काम अगाडी बढाउन पहल गरिरहेका छौं । धेरै समयसम्म यो काम हुन सकेन त्यसको लागि मन्त्रालयमा छलफल भयो । ’

घरटहरा र बिजुलीका पोललगायत नहटाइँदा सडक विस्तारमा समस्या भइरहेका बेला मन्त्री श्रेष्ठको पहलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, चीनका राजदूत छन सोङ, भौतिक मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले बिहिबार चक्रपथ विस्तारित सडकक्षेत्रको निरीक्षण गरेका हुन् । 
 

बिहीबार ११ फागुन २०७९ ०३:०९ PM मा प्रकाशित

प्रतिक्रिया