×

प्रधानमन्त्री कार्कीले बोलाइन् निर्वाचन तयारीबारे छललफल गर्न सर्वपक्षीय बैठक

images

 काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएकी हुन् ।

निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा नागरिक समाजका अगुवाहरूलाई पर्यवेक्षकका रूपमा बोलाइएको छ । निर्वाचन तयारीका सम्बन्धमा ब्रिफिङ र छलफल बैठकको प्रमुख विषय रहेको छ । बैठकमा कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव सहभागी हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

नेकपा एमालेबाट भने महासचिव शङ्कर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी हुने बर्तौलाले जानकारी दिए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट नेताहरू राजेन्द्र पाण्डे, वर्षमान पुन सहभागी हुने नेता रामकुमार भट्टराईले जानकारी दिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता शिशिर खनाल र सोविता गौतम सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मुख्यतया निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने वातावरण, कानुनी प्रक्रिया र सुरक्षा चुनौतीका विषयमा केन्द्रित रहनेछ।

‘जेनजी’ आन्दोलनपछिको बदलिँदो राजनीतिक अवस्थामा सबै पक्षलाई विश्वासमा लिएर निष्पक्ष चुनाव गराउनु सरकारको मुख्य प्राथमिकता रहेको सचिवालयले जनाएको छ। अन्तरिम प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेदेखि नै कार्कीले भ्रष्टाचार निवारण र चुनावी सुनिश्चिततालाई जोड दिँदै आएकी छन्। आजको बैठकमा निर्वाचन आयोगले आफ्नो तयारीबारे ब्रिफिङ गर्ने र दलहरूबीच चुनावी कार्यतालिकामा सहमति जुटाउने प्रयास गरिने बताइएको छ।

 

सोमबार ७ पुस २०८२ ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया