×

फोनिज युएईको पत्रकारिता र व्यक्तित्व विकास सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम

images

फलेन्द्र मगर / युएई 
२१-अक्टोवर, युएई नेपाल आदिवासी जनजाति महासंघ, युएई को व्यवस्थापनमा पहिलो ऐतिहासिक पत्रकारिता , उद्घोषण र व्यक्तित्व विकास सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम हालै सिल्भर रेस्टुरेन्टको सभा हल बर दुबई मा सम्पन्न गरेको हो ।

उक्क्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ, युएईको अध्यक्ष बिक्रम लिम्बु को अध्यक्षता मा प्रमुख अतिथि संरक्षक सदस्य प्रमोद श्रेष्ठ , विशेष अतिथि र  आबद्ध ११ वटै जातिय संघ संस्थाका प्रमुख र प्रतिनिधि हरु को सहभागिता रहेको थियो ।

राष्ट्रीय गान पछि उपस्थित सहभागी हरु लाई स्वागत गर्दै नेफिन, युएईका महासचिव डिके किराँती  राईले स्वागत मन्तव्य दिएका थिए ।

सहभागी हरु लाई आदिवासी जनजाति पत्रकार महासंघ, युएई का सचिव सुर्य बहादुएर खवास ले समाचार लेखन, रिपोर्टीङ का क्रममा संचारकर्मी ले झेल्नु पर्ने बाधा व्यव्धान , र जोखिम हरु लाई कसरी अवलम्बन गरि समाचार का स्रोत हरु संकलन गरि सम्प्रेषण गर्ने बारेमा प्रशिक्षण दिएका थिए साथै फोनिज, युएईका अध्यक्ष फलेन्द्र बाम्पाकी मगरले उद्घोषण सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रम नेफिन, युएईका प्रवक्ता मनिषा लिन्बुले संचालन गरेकी थिईन्।

बुधबार १६ असोज २०८१ ०६:५१ AM मा प्रकाशित

प्रतिक्रिया