×

नेपाली राजदुतावास नयाँ दिल्ली को कारण यात्रु एअरपोर्ट मा अलपत्र

images

काठमाडौं- कामदार भिसामा वैदेशिक रोजगारीमा जान का लागि भिसा बाहेक श्रम स्वीकृति , जीवन बिमा र स्वास्थ्य परिक्षण गरेको कागजात भएपछि मात्रै जान पाइने नेपाल सरकारको नियम छ । तर भिजिट भिसा मा जाने हरुको हकमा भने यो नियम लागू हुदैन । 

वैदेशिक रोजगारीका लागि अधिकांश नेपाली हरु काठमाडौं को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै होइन । छिमेकी मुलुक भारतको मुम्बई र दिल्ली विमानस्थल बाट पनि नेपाली हरु खाडी मुलुक , मलेसिया लगायत अन्य देशहरूमा रोजगारीका लागि ट्रान्जिट बनाएर पनि जाने गरेको पाइन्छ । 
  
वैदेशिक रोजगारी र भ्रमणको लागि भारतीय  विमानस्थल बाट ट्रान्जिट गरेर खाडि मुलुकहरु र मलेसिया जाने नेपालीहरू लाई भने नेपाल एम्बेस्सी दिल्ली ले सम्पुर्ण कागजात भएपनी अंकुस लगाउने गरेको पाइएको छ । एक पीडित नेपाली यात्रुका अनुसार वर्कर भिसा , श्रम स्वीकृति , हवाई टिकट र भ्याक्सिन लगाएको कागजात हुदाहुदै पनि एक १००० हजार रुपैयाँ बुझाएर NOC दिल्ली राजदूतावास बाट नलिए सम्म यात्रा गर्नलाई रोक लगाइएको जसले गर्दा उनले फ्लाइट मिस गर्नाले दिल्ली एअरपोर्ट मा धेरै सास्ती भोग्नुपरेको कुरा बताए ।

पीडित यात्रुका अनुसार बार्ह वर्षदेखि दिल्ली एअरपोर्ट बाटै युएई आउने जाने गरेको र नेपाल एम्बेस्सी दिल्ली को कुनै पनि किसिमको पत्र नचाहिएको तर यसपटक भने दिल्ली एअरपोर्ट मा इमिग्रेसन का कर्मचारीले ( No Objection Certificate , NOC )  नभएसम्म यात्रा गर्न नपाइने नेपाल एम्बेस्सी दिल्ली कै आदेश भएकोले रोक्नु परेको बताए । एअरपोर्ट कै कर्मचारीले दिल्ली दूतावास मा टेलीफोन गरि यात्रु सँग यात्रा गर्नका लागी सम्पुर्ण विवरण रहेको यात्रुको सम्पुर्ण विवरण दूतावास को आधिकारिक व्हाटस एप र इमेल मार्फत दूतावास मा पठाइएको जानकारी गराउदा समेत कुनै पनि प्रतिक्रिया नदिएको र पटकपटक टेलीफोन सम्पर्क गर्दा पनि टेलीफोन समेत उठाउन छोडेका कारणले गर्दा फ्लाइट मिस भएर एअरपोर्ट मै अलपत्र परेर बस्नु परेको बताए ।

दिल्ली एअरपोर्ट का कर्मचारीको भनाइ अनुसार यदि हामीलाई फोन मार्फत नै नेपाली दूतावास का कर्मचारीले जान दिनुस भनेको भए हामी जान दिने थियौ तर नेपाली राजदुतावास को अनुमति नभएकाले हामी जान दिन असमर्थ छौ भनेर रोकेको पीडित ले बताए । रातभर त्यहीँ एअरपोर्ट मा बसेर बिहानै जब नेपाली दूतावास दिल्ली पुगेर आफ्ना सबै डकुमेन्ट देखाए । न त श्रम गरेको पेपर चाहियो नत भ्याक्सिन लगाएको पेपर चाहियो ।

चाहियो त केबल एक हजार रुपैयाँ मात्र । सबै डकुमेन्ट हुदाहुदै एक हजार रुपैयाँ को लागि तपाईंहरूले रोक्नु भयो मलाई एक हजार रुपैयाँँ शुल्क लाग्छ NOC को भनेको भए म एअरपोर्ट मै बुझाउथे। यहीँ एक हजार रुपैयाँ को कारणले गर्दा मेरो फ्लाइट छुट्यो भनेर प्रश्न गर्दा कुरा बुझ्नु न भनेर मात्रै जवाफ दिए । दूतावास  कर्मचारीको यस्तो खाले गैरजिम्मेवारी पुर्ण व्यवहारले गर्दा एक नेपाली नागरिकको नोकरी नै जान सक्ने खालको खेलवाड गरेका छन। 

प्रवासमा रहेका लाखौं नेपालीहरू लाई सहजीकरण लागि स्थापना गरिएका विदेशी नेपाली नियोगको राजदुतावास ले यस्तो खाले व्यवहार गरेर दुख दिनु न्याय संगत हो त भन्ने प्रश्न उठेको छ । दुबईमा रहेको कम्पनीलाई जानकारी गराउदा काम गर्ने भए आफैले टिकट काटेर आइजा हामी अर्को टिकट पठाउन सक्दैनौं भन्ने जवाफ दिएपछि पीडित ले पून : नेपाल बाट पैसा मगाएर अर्को टिकट आफैले काटेर चार दिनपछी दुबई आएको जानकारी दिए ।

दूतावास मा सम्पर्क गरेर सोध्दा तेस्रो सचीव धनिराम महतोले व्हाट्स एप र इमेल मार्फत पनि NOC पाइने जानकारी दिए पनि तर व्यवहारमा त्यस्तो देखिएन ।  एक हजार रुपैयाँँ दूतावास मा नबुझाउनाले गर्दा यात्रुले चारदिन सम्म दुख मात्रै होइन २७ हजार को आफ्नै पैसाले पुनः अर्को टिकट काटेर दुबई जानु परेको दुखेसो पोखे ।   

अर्थतन्त्रको मेरुदण्ड नै वैदेशिक रोजगार भएको देशमा प्रवासमा रहेका नेपाली राजदूतावास को यस्तो खाले अकर्मण्यता ले गर्दा प्रवासमा रहेका लाखौं नेपालीहरू निराश बन्न नसकिएला भन्न सकिन्न।

बिहीबार ६ असोज २०७९ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया