×

संसदमा बुर्का लगाएपछि अष्ट्रेलियाली सांसद ७ दिनका लागि निलम्बित

images

काठमाडौँ । अष्ट्रेलियाली संसदको माथिल्लो सदन सिनेटले दक्षिणपन्थी सांसद पाउलिन ह्यान्सनलाई सात दिनका लागि निलम्बन गरेको छ ।

उनी बुर्का लगाएर संसदमा उपस्थित भएपछि उनको व्यापक विरोध भएको थियो । धेरै सांसदहरूले यो मुस्लिम समुदायको अपमान भएको बताएपछि उनलाई निलम्बन गरिएको छ ।

ह्यान्सनले संसदमा बुर्का र अनुहार ढाक्ने अन्य पोशाकहरू प्रतिबन्ध लगाउने प्रस्ताव पेश गर्ने योजना बनाएकी थिइन्, तर अनुमति अस्वीकार गरियो । त्यसपछि, उनले विरोध गर्न बुर्का लगाएकी थिइन् । मुस्लिम सांसदहरूले उनलाई जातिवाद र धार्मिक भेदभावको आरोप लगाए ।

अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले ह्यान्सनको कार्य घृणा फैलाउने र विभाजनकारी भएको भन्दै आलोचना गरिन् । उनले ह्यान्सनले लगभग १० लाख मुस्लिम अष्ट्रेलियालीहरूको अपमान गरेको बताइन । सिनेटले ५५-५ को मतले ह्यान्सनविरुद्ध निन्दा प्रस्ताव समेत पारित गरेको छ ।

ह्यान्सन र उनको पार्टी, वान नेशनले पहिले देखि नै कडा आप्रवासन नियम र मुस्लिम पोशाककोविरुद्ध अभियान चलाइरहेको छ । पार्टीको हालैको सिट वृद्धिले उनीहरूको आवाजलाई बलियो बनाएको छ ।

निलम्बन गरिसकेपछि पनि, ह्यान्सनले यदि बैंकहरूमा हेलमेट हटाउन सकिन्छ भने, बुर्का किन नहटाउने ? उनले स्पष्ट रूपमा भनिन्, उनले आफ्नो अभियान जारी राख्ने र जनतामा जाने बताएकी छन् । यो उनले पहिलो पटक गरेकी भने होइनन् । २०१७ मा, ह्यान्सनले संसदमा बुर्का लगाएर देशव्यापी प्रतिबन्धको माग गरेकी थिइन् ।

मङ्गलबार १० मंसिर २०८२ ०७:२६ PM मा प्रकाशित

प्रतिक्रिया