काठमाडौँ । आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ । आइसीसीले मंगलबार सार्बजनिक गरेको खेल तालिकामा नेपाल समुह सी मा परेको छ । नेपालको समुहमा इङल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् ।
नेपालका विश्वकपका सबै खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा हुने भएका छन् ।
नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल इटालीविरुद्ध फेब्रुअरी १२ मा खेल्ने तालिका रहेको छ । त्यस्तै तेस्रो खेलफेब्रुअरी १५ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने छ भने चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशविरुद्ध खेल्ने छ ।
विश्वकपका समुह :
समूह ए: भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स र नामिबिया ।
समूह बी: श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे र ओमान ।
समूह सी: इङ्गल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, नेपाल र इटाली ।
समूह डी: न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई ।
२०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यो टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरिरहेका छन् । यस विश्वकपमा कुल २० देशले खेल्दैछन् ।
प्रतिक्रिया