×

च्याटजिपिटीको सुझावबाट अमेरिकी महिलाले जितिन् डेढ लाख डलरको लोटरी

images

काठमाडौँ । अमेरिकाको भर्जिनियाकी क्यारी एडवर्ड्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर लोटरीमा एक लाख ५० हजार डलर जितेकी छन् ।

उनले सेप्टेम्बर ८ मा भर्जिनिया पावरबल लटरीमा सही तरिकाले निकालिएका लटरी नम्बरहरू छनौट गर्न च्याटजिपिटीलाई आग्रह गरेकी थिइन् । 

क्यारीले च्याटजिपिटीको सुझाव अनुसार निकालेको मुख्य नम्बरहरू र पावर बल नम्बर मिलेपछि उनले एक लाख ५० हजार डलर जितेको मिडिया रिपोर्टमा उल्लेख छ ।

क्यारीले आफ्नो फोनमा जितको सन्देश प्राप्त गरिन्, उनले यसलाई विश्वास नगरेको बताएकी छन् । जितपछि क्यारीले सबै पैसा तीन परोपकारी संस्थाहरूलाई दान गर्ने निर्णय गरेको बताएकी छन् ।    

 

सोमबार ६ असोज २०८२ १०:१९ AM मा प्रकाशित

प्रतिक्रिया