पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक अवरुद्ध

    images

    काठमाडौं— पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ ।

    चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो । 

    यस अघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस वर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घण्टौँसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो गरेका छन्।

    अहिले डोजरले पहिरो पन्छाउने काम सुरु गरेको र केहीबेरमा सडक खुल्ने प्रहरीले बताएको छ ।

    सोमबार ७ साउन २०८१ ०८:२६ AM मा प्रकाशित

    प्रतिक्रिया