×

पूर्वसांसद रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या

images

काठमाडौं । पूर्वसांसद तथा राज्यमन्त्री रामचन्द्र रायको अपरिचित समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनी राप्रपाबाट निर्वाचित सांसद थिए ।


घरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको उनले बताए । ८० वर्षीय रायको हत्याबारे जानकारी पाउनासाथ मधेस प्रदेशका डिआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रबहादुर सिंहसहितको टोली घटनास्थल पुगेका थिए ।


उनको हत्याको कारणबारे भने खुल्न नसकेको पनि बताइएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरी घटनाबारे अनुसन्धान सुरु भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी श्रेष्ठले बताए ।

सोमबार ७ साउन २०८१ ०८:३७ AM मा प्रकाशित

प्रतिक्रिया