×

थप ४ सय ५६ जना काेराेना सङ्क्रमण

images

पछिल्लो २४ घण्टामा चार सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३८ जनाको नमुना परीक्षण गर्दा चार सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ८० जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार आठ सय ४१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप तीन लाख ८६ हजार सात सय ८२ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

शुक्रबार​ ६ साउन २०७९ ०६:०३ PM मा प्रकाशित

प्रतिक्रिया