×

अफगानिस्तानको मस्जीदमा फेरि विस्फोट, कम्तीमा २५ को मृत्यु

images

अफगानिस्तानमा फेरि अर्को विस्फोटनको घटना भएको छ । कुन्दुज प्रान्तमा रहेको एउटा मस्जीदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको हो । 

घटनामा पनि अरु झण्डै ४० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  हरेक शुक्रबार हुने प्राथना सकिएको केही समयमै मस्जीदमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

स्थानीय समयअनुसार दिउसो २.३० बजे विस्फोट भएको हो । घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ । घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । 

घटनास्थललाई अहिले तालिवान सरकारका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।  यसअघि गत बिहीबार भएको विस्फोटनको घटनामा परी ३४ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए ।

शुक्रबार​ ९ बैशाख २०७९ ०९:१२ PM मा प्रकाशित

प्रतिक्रिया