×

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

images

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका तत्कालिन सचिव केदाबहादुर अधिकारी, नेपाल नगारिक उड्ययन प्राधिकरणका तत्कालिन महानिर्देशकहरु संजिव गौतम, राजन पोखरेल र प्रदिप अधिकारीसमेत गरि २१ जना, ठेकेदार कम्पनी चाईना सिएएमसी ईन्जिनियरिङ कम्पनी लिमिटेड र परामर्शदार्ता ईआरएमसी/ए–नट/स्लेट जेभीउपर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुरयाई भ्रष्टाचार गरेको भनेर अख्तियारले आज आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।

 विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा ठेकेदार कम्पनी 'चाइना सीएएमसी इन्जिनियरिङ' सँग सम्झौता हुँदा नै परामर्शदाता नियुक्तिका लागि २८ लाख अमेरिकी डलर (करबाहेक) बजेट छुट्याइएको थियो। तर, सोही बजेटबाट काम गराउनुपर्नेमा बदनियत राखी प्राधिकरणको छुट्टै बजेट शीर्षकबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँको लागत अनुमान स्वीकृत गराइएको अख्तियारको अनुसन्धानले देखाएको छ। यसरी ठेक्का सम्झौताभित्रै रहेको रकम खर्च नगरी दोहोरो बजेट भार पारेर सार्वजनिक संस्थालाई ठुलो आर्थिक नोक्सानी पुर्‍याइएको दाबी गरिएको छ।

आइतबार​ ८ चैत २०८२ ०३:११ PM मा प्रकाशित

प्रतिक्रिया