×

युवाको मुख थुन्ने प्रहरीलाई कारबाही गर्न निवर्तमान परराष्ट्र मन्त्री राईको माग 

images


काठमाडौँ । निवर्तमान परराष्ट्र मन्त्री तथा राष्ट्रिय सभा सदस्य डाक्टर विमला राई पौड्यालले एक सार्वजनिक कार्यक्रममा युवाको मुख थुन्ने प्रहरीमाथि कारबाहीको माग गरेकी छन् । 
राष्ट्रिय सभा बैठकमा बोल्दै उनले मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा युवाहरूको मुख थुन्ने प्रहरीलाई कारबाही भए नभएकोबारे सरकारसँग जवाफ मागेकी हुन् । 
सो कार्यक्रममा नाराबाजी गरेका युवालाई प्रहरीले मुख थुनेर बोल्न रोक लगाएको फोटो र भिडियो सार्वजनिक भएपछि उनले नागरिकको वाक स्वतन्त्रतामाथि हनन भएको भन्दै उनले आपत्ति जनाएकी हुन् । 
उनले भनिन् ‘प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन,यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छकी छैन,यो विषयमा म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्दछु। ’
हिजो भएको घटनामा केही युवाहरू बोल्न खोजीरहेको र केही प्रहरीले उनीहरूको जबरजस्ती मुख थुनेको तश्विरमा देखिएको छ ।
 

बुधबार ८ चैत २०७९ ०४:३३ PM मा प्रकाशित

प्रतिक्रिया