×

नक्कली कागजातको आधारमा तिब्बतीयन नागरिकता बनाउने गिरोह नै पक्राउ

images

 
काठमाडौं। प्रहरीले, सयौँ तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । 
काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी नक्कली काजजात बनाई तिब्वतीयन नागरिकलाई नागरिकता बनाउने काममा संलग्न झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङको सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँको तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरको गोदावरीका ३० वर्षीय विजय लामा रहेको जानकारी दिएको हो ।  
लेखापढीको काम गर्ने कटवालले हालसम्म ५ सयभन्दा बढीलाई त्यसरी नागरिकता दिलाएको स्वीकार गरेको प्रहरीले जनाएको छ। 
न्युल्केस श्रेष्ठले मात्र बाबु बनेर कम्तीमा ५ जनालाई नागरिकता बनाइदिएको पाइएको महाशाखाका सूचना अधिकारी प्रवक्ता प्रहरी नायब निरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विगत ९ वर्षेदेखि क्यान्टिन चलाउँदै आएका गोदावरीका लामाले भने सरकारी कार्यालयभित्रको सम्पुर्ण जिम्मा लिएको प्रहरीको दाबी छ।
एउटा नागरिकता बनाउन ५ लाख रुपैयाँसम्म लिएको र नक्कली बाबुलाई १० हजार दिने गरेको पाइएको उनको भनाई छ । 
त्यस्तै प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयका पूर्व र बहालवाला कम्तीमा ४ जना कर्मचारीमाथि निगरानी भै राखेको जनाउको छ । 
 

बुधबार ८ चैत २०७९ ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया