×

सरकार बालकोटबाट हैन बालुवाटारबाट चल्नुपर्छ -- महामन्त्री शर्मा 

images


काठमाडौं । नेपाली कांग्रेको महामन्त्री विश्व प्रकाश शर्माले, सरकार बालकोटबाट हैन बालुवाटारबाट चल्नुपर्ने टिप्पणी गरेका छन् । संसद भवनबाट

बाहिरिदै गर्दा पत्रकारसंग छोटो प्रतिक्रिया दिदैँ सांसद शर्माले, प्रधानमन्त्रीको अधिकार प्रधानमन्त्री संगै नै हुनुपर्ने टिप्पणी गरेका हुन् । 

उनले भने ‘सम्माननीय प्रधानमन्त्रीले के कुरा गम्भिरतापुर्वक हेक्का राख्नुपर्छ भने प्रधानमन्त्रीको अधिकार प्रधानमन्त्रीसंगै हुनुपर्छ । प्रधानमन्त्रीको शक्तिलाई प्रयोग गर्ने काम बालुवाटारमा हुनुपर्छ बालकोटमा हैन्।’ 

प्रधानमन्त्री प्रचण्ड पिजँडाबाट बाहिर निस्कन जरुरी रहेको उनको भनाई छ । अब सहज अवस्था बनाउने हो भने एक खालको पिंजडाबाट बाहिर निस्केर साँचो अर्थमा बलियो प्रधानमन्त्री बालुवाटारबाट ,सिंहदरवार, चलाउनुपर्छ भन्ने हो भने नेपाली कांग्रेको उम्मेद्वारलाई सर्मथन गर्नुपर्छ उनले भने । 
ओलीले पालै पालो प्रलोभन देखाइरहेको दाबि गरेका सांसद शर्माले बालकोटको चालमा अलमलिनु हुदैन् । सुनको बाला देखाउने भनेर केपी कमरेडले कांग्रेसलाई भन्नुहुन्थ्यो ।

उहाँसंग सुनको बाला निकै छ जस्तो छ बालकोटमा कहिले माधव नेपाललाई देखाउनुहुन्छ, कहिले झलनाथलाई, कहिले महन्थ कमरेडलाई देखाउनुहुन्छ तर सुनको बालामा अलमलीनु हुँदैन् । 
 

बुधबार १० फागुन २०७९ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया