×

अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तद्वारा हिमाल अस्पतालमा प्रर्दशन 

images

काठमाडौं । अस्पतालको लापरवाहीका कारण विरामी मृत्यु भएको भन्दै आफन्तले हिमाल अस्पतालमा विरोध प्रर्दशन गरेका छन् ।  अस्पतालको हेल चेक्र्याईका कारण गायक तथा संगीतकार गौरभ दर्पणकी छोरी प्रशंसा गौतमको ज्यान गएको भन्दै उनका आफन्त तथा सर्मथकले विरोध प्रर्दशन गरेका हुन् । 

प्रर्दशनकारीले अस्पातल प्रशासन र विरामीको उपचारमा संलग्न डाक्टरको विरोधमा चर्का नारा लगाएका छन् ।  उपचारमा संलग्न डाक्टर जयदेव यादवले विरामीको मृत्युको कारणबारे जानकारी दिनुपर्ने र अस्पताल प्रशासनले यस विषयमा प्रष्टिकरण दिनुपर्ने उनीहरुको माग छ।

आन्दोलनका कारण अहिले अस्पतालमा सेवा अवरुद्ध भएको छ। सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। माघ २३ गते हिमाल अस्पताल भर्ना गरिएकी गौतमको २६ गते अर्को हस्पिटल सार्ने क्रममा बाटोमा मृत भएको थियो । मृत्यु भएको १५ दिन सम्मपनि अस्पतालले मृत्युको कारण बताउन नसकेकोले न्यायका लागि आन्दोलन सुरु गरिएको उनीहरुको भनाई छ । 

बुधबार १० फागुन २०७९ ०१:०६ PM मा प्रकाशित

प्रतिक्रिया