काठमाडौं । सांसद असिम साहले, लाइसेन्स र ब्लुबुक बोक्ने झन्झट हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले नागरिक एप र ट्राफिक प्रहरीबीच समन्वय हुने हो भने भौतिक रुपमा लाइसेन्स र ब्लुबुक बोक्ने झन्झटको समाधान भई लाइसेन्स छपाईको नाममा भइरहेको अरब पैसा बचाउँन सकिने बताए ।
उनले भने ‘नागरिक एप मार्फत सम्पूर्ण सरकारी सेवाहरू लिन सकिन्छ यसको सेक्सनमा ड्राइभिङ लाइसेन्स पनि छ। लाइसेन्सको सफ्ट कपी हेर्न मिल्छ र भेइकल ट्याक्सको २ वा ४ पाङ्ग्रेको कर तिरेको वा बाँकी छ भने हेर्न मिल्छ । नागरिक एप र ट्राफिक प्रहरी कार्यलयमा समन्वय गरे मात्र
भौतिक रुपमा लाइसेन्स र ब्लुबुक बोक्ने झन्झट बाट हामी मुक्त हुन सक्छौँ लाइसेन्स छपाईको नाममा भइरहेको अरब पैसा पनि बचाउँन सक्छौँ ।’
उनले सरकारको एउटा निकायले बनाएको यो एपलाई अर्को सरकारी निकाय ट्राफिक प्रहरी कार्यलयले नचिनेको भन्दै एउटा सरकारी निकायको समन्वय अर्को सरकारी निकायसँग केले रोकेको छ ? भन्दै प्रश्न उठाए ।
प्रतिक्रिया