×

मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै हो , ८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ- गृहमन्त्री लेखक

images

धनगढी ।  गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेकाे बताएका छन्। बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको बताएका हुन्।  

‘हामी प्रधानमन्त्रीय प्रणालीमा छौं । प्रधानमन्त्रीले जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्ने कुरा हुन्छ । तर आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन ।’ मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए । ०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए ।

 उनले भने– 'एमाले र कांग्रेसबिच कुनै पनि बिषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ ।'उनले याे गठबन्धन २०८४ सम्मकायम रहने बताउँदै अबकाे १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे।

नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जानू परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जान्छ भन्ने विषय सामान्य रहेको उल्लेख गरे। उनले भने –'प्रधानमन्त्रीको चिन भ्रमणको मिति तय भैसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ । '

बिहीबार ६ मंसिर २०८१ १२:५२ PM मा प्रकाशित

प्रतिक्रिया