×

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

images

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५७.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६३९ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको भयो ।

२३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । बैंकिङ २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१, जीवन बीमा २.१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटे ।

विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, कालिका लघुवित्तको ५.५ पिपुल्स हाइड्रोपावरको ४.८४, मानुषी लघुवित्तको ३.९९ प्रतिशत मूल्य बढ्यो ।

सोमबार ५ कात्तिक २०८१ ०४:२२ PM मा प्रकाशित

प्रतिक्रिया