×

राष्ट्रको आवश्यकता के हो एमालेलाई राम्ररी थाहा छ - महासचिव शंकर पोखरेल

images

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरू पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा(एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेको भन्दै एमालेले गरेका निर्णयहरूको पनि आलोचना नगर्न भनेका छन् । 

महासचिव पोखरेलले राष्ट्रको आवश्यकता के हो एमालेलाई राम्ररी थाहा भएको समेत बताएका छन् । 'नेकपा(एमाले)लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा(एमाले)लाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा(एमाले)ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभञ्ज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ,' उनले लेखेका छन् ।

 

सोमबार ५ कात्तिक २०८१ ०१:१२ PM मा प्रकाशित

प्रतिक्रिया