×

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाको दोश्रो दिन पनि प्रदर्शन, निरन्तर आन्दोलन गर्ने

images

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको समर्थनमा आज पनि प्रदर्शन गरेको छ । पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो । शनिबार चिप्लेढुङ्गामा विरोध सभा गरेको रास्वपाले आइतबार शहीदचोकमा कार्यकर्ता उतारेको थियो । सोमबार प्रदर्शनस्थल परिवर्तन गरेर पृथ्वीचोकमा सारिएको हो ।

विरोध प्रदर्शन शान्तिपूर्ण हुने रास्वपाका नेताहरुले जानकारी गराएका छन् । तेस्रोदिन विरोध प्रदर्शनमा भेला भएका नेता कार्यकर्ताले देशभक्तिपूर्ण गीत बजाउँदै नाचगान गरिररहेका छन् । कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

‘सरकार तिम्रो पाराले, दुःख पाए साराले’, सहकारी पीडितलाई न्याय दे, सरकारले न्यायमाथि गर्‍यो घात, पोखरेली जनताले दिन्छन् साथ’ लगायतका नारा लगायतका छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेश गरिएको थियो।

अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ। रास्वपाले भने नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ।

सोमबार ५ कात्तिक २०८१ ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया