काठमाडौँ । बंगलादेशले जारी एशिया कपको सुपर फोरमा श्रीलंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बंगलादेशको जितमा सैफ हसनले सर्बाधिक ६१ रन बनाए भने टोवहिड हृदोयले ५८ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउदै १६८ रन बनाएको थियो । श्रीलंकाका लागि दासुन शानकाले ६४ रन बनाए भने कुसल मेन्डिसले ३४ रन बनाएका थिए ।
यो जितपछि बंगलादेशले सुपर फोरमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र फाइनलको सम्भावनालाई बलियो बनाएको छ । सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदैछ ।
प्रतिक्रिया