×

स्थानीय वासिन्दाको अवरोधपछि हट्यो बालेनको स्क्याभेटर

images

काठमाडौं । न्यूरोडको फुटपाथ विस्तार कार्यमा स्थानीय वासिन्दाको अवरोधपछि निर्माणस्थलमा तेस्र्याइएको बालेनको स्क्याभेटर आजबाट हटाइएको छ । विगत तीन दिनदेखि स्थानीय जनताले न्यूरोडको पुरानो स्वरूप बिगार्न पाइँदैन, सडक मिचेर फुटपाथ बढाउन पाइँदैन भनी चर्को विरोध, नारा, जुलुस र रातभर धर्नासमेत दिएपछि मेयर बालेन साह बाध्य भएर न्यूरोडबाट स्क्याभेटर हटाउन विवश भएका हुन् । उक्त स्क्याभेटर निर्माण कार्य नरोकिने भने न्यूरोडमै बालेलले राखेका थिए । आज आइतबार मिर्मिरे बिहानमा स्क्याभेटर हटाएपछि बालेनको फुटपाथ विस्तार कार्य अलपत्रमा परेको छ ।


स्थानीयको अवरोधपछि काम अघि बढ्न सकेको थिएन । स्थानीयहरु शुक्रबार दिनभर आन्दोलनमा उत्रिएका थिएभने मेयर बालेन साहको समेत पुत्ला दहन गरेको थियो । साथै उनीहरु टेन्ट टाँगेर रातभर त्यही बसेका थिए । महानगरले स्थानीयसँग सहमति खोज्ने प्रयास गरेपनि सफल हुन सकेन । २२ नम्बरका वडाध्यक्ष चिनीकाजी मर्हजनपनि फुटपाथको विरोधमा उत्रिएका थिए ।


उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम सुरु गर्न अवरोध नगर्न अन्तरिम आदेशदिएपछि महानगरले काम सुरु गरेको थियो ।त्यसअघि  गत जेठ पहिलाे साता सडक डिभिजन  काठमाडाैं कार्यालयले अनुमति नलिई  फुटपाथ विस्तार गरेकाे भन्दै महानगरकाे सामान  सडकबाट जफत गरेकाे थियाे । साथै उक्त सडक आफ्नाे  क्षेत्राधिकार  पर्ने भन्दै काम अघि नबढाउन  निर्देशन दिएकाे थियाे । महानगरले  सडक डिभिजन  काठमाडाैं कार्यालयविरुद्ध  उच्च अदालतमा  मुद्दा दायर गरेकाे थियाे । अदालतले  महानगरकाे पक्षमा  अन्तरिम आदेश दिएकाे थियाे ।

आइतबार​ ६ साउन २०८१ ०९:३७ PM मा प्रकाशित

प्रतिक्रिया