×

यस्तो छ आजको विदेशी मुद्राहरुको विनियमदर

images

काठमाडौं । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनियमदर अनुसार अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा रहेकाे छ । शनिबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

अमेरिकी डलरका अलावा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन । अर्थात् शनिबारकै मूल्यमा आज पनि कारोबार हुनेछ । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ ।

यस्तै, आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ भने बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३४ र बिक्रीदर ३५५ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ ।

 

आइतबार​ ६ साउन २०८१ ०८:०४ AM मा प्रकाशित

प्रतिक्रिया