काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले सुरुवातमै देखाएका संकेतहरुले आफूहरूलाई झस्काएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धि प्रश्न प्रस्तावमाथि बोल्दै यस्तो बताएका हुन्।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र सुशासनको निम्ति संविधान संसोधन गरिने बताएका छन्। आज प्रतिनिधि सभामा विश्वासको मत...
मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन- प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)
‘सुशासनका सवालमा निर्मतापूर्वक अगाडि बढ्नुहुन्छ भन्ने विश्वास त थियो। तर मेरो विश्वास डगमगायो। जुन ढंगले सरकार बन्यो, जसरी विषय अगाडि बढ्यो। विश्वासको मत दिन पनि सकिन्थ्यो होला। तर संकेत जुन सुरूआतमा देखियो, त्यसले हामीलाई झस्काएको छ। सरकार सुरू हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नुभएको मान्छे बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो। बाँसबारी छालाजुत्ता कारखानाको जग्गाको अनुसन्धान चलिरहँदारहँदै गीतको आवाज आयो बालकोटबाट,’ उनले भने।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रसताव प्रस्तुत गर्दै प्रधानम...
प्रधानमन्त्री ओलीले मागे प्रतिनिधि सभामा विश्वासको मत
विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि प्रतिनिधिसभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै लामिछानेले ओलीसँग काम गर्ने रहर भएर अघिल्लो समिकरण बनाउन भूमिका खेलेको स्मरण गरे । सुशासनमा ओली निर्ममतापूर्वक अगाडि बढ्ने आफ्नो विश्वास डगमगाएको उनले बताए।
‘सरकार फेरिएर होइन, हामीले सरकार छाड्नु परेर होइन’ उनले भने, ‘जुन संकेत सुरुवातमा देखियो, त्यसले हामीलाई झस्काएको छ ।’
मन्त्रिपरिषद् गठनमा पनि आफूहरुले जजसको विषय उठाएको थियो, उनीहरुलाई पुरस्कार दिएको देखिएको बताए । ‘नक्कली भुटानी शरणार्थी शिविरमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो देशलाई राम्रोसँग थाहा छ’ परराष्ट्रमन्त्री आरजु देउवा राणातर्फ संकेत गर्दै उनले भने ।
‘हामीले बालमन्दिरको विषय उठायौं, त्यहाँ पनि पुरस्कार । स्काउटको विषय हामीले उठायौं, फेरि मन्त्रिमण्डल हे¥यौं’ उनले अगाडि भने, ‘जहाँजहाँ हामीले विषय उठायौं, त्यहाँ त्यहाँ पुरस्कार पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?’
यद्यपि प्रधानमन्त्री ओलीले संसदमा प्रतिवद्धता व्यक्त गरेअनुसार भए गुण र दोषका आधारमा प्रतिपक्षमा बस्ने बताए । रास्वपा सभापति लामिछानेले भने, ‘२५ वटा काण्डमा छानबिन सुरु गर्छौं भनेका थियौं, यो निर्णयको निरन्तरताका लागि अपील गर्न चाहन्छु ।’
प्रतिक्रिया