×

तपाईं चिया पिउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस

images

काठमाडौं । चियाका पारखी नेपालमा धेरै छन्। बिहान, साँझमात्र नभइ साथीभाईहरूसँग भेट हुँदा दिउँसै चिया पिउने संस्कृति नै बसिसकेको छ। कतिपयको त कार्यालयमा होस् वा खालि बसिरहँदा पनि पटकपटक चिया पिउने बानी रहेको हुन्छ।

यस्तो अवस्थामा चिया पिएपछि हतारमा नुहाउन जानेहरूपनि धेरै हुन्छन्। जबकि, यो हाम्रो शरीरको लागि हानिकारक हुन सक्छ।वास्तवमा, चिया पिएपछि हाम्रो शरीर धेरै तातो र पानी चिसो हुन्छ। यस्तो अवस्थामा दुवैले सँगै प्रतिक्रिया गर्दा शरीरको लागि हानिकारक हुन सक्छ। 

चिसोको समयमा सबैलाई चिया प्यारो लाग्छ । प्राय चियाको लतमा रहेकाहरुलाई समय–समयमा चिया खान मन लाग्छ । अझै पानी परेको वा जाडोको समयमा झनै धेरै पटक चिया खाइन्छ । चिया खादा तातो महसुस पहुन्छ ।

चिया नेपालीहरुको सभ्याता समेत बनेको छ । गाउँघरमा होस् वा शहरबजारमा घरमा पाहुना पुग्ने वित्तिकै चिया पकाएर खुवाउने चलन रहेको छ । यस्तै साथीहरु भेटघाटको क्रममा पनि सबैभन्दा पहिला चिया नै खाने गरिन्छ । त्यसैले पनि नेपाली समाजमा चिया अनिवार्य जस्तै छ ।

तर, तपाईलाई थाहा छ ? चियाले पारिवारीक, सामाजिक र साथीभाइबीचको सम्बन्धमा निकटता ल्याएपनि स्वास्थ्यका लागि भने निकै हानिकारक छ । वैज्ञानिक अनुसन्धानले चियामा तिन प्रकारको शरीरलाई असर पर्ने तत्व हुने बताएका छन् ।

१. शरीरको तापमानमा अन्तर
चिया पिउने बित्तिकै हाम्रो शरीरको तापक्रम बढ्छ। नुहाउन जाँदा पानी चिसो हुन्छ। यस्तो अवस्थामा जब दुई फरक तापक्रमहरू मिल्छन्। तिनीहरू एकअर्कासँग प्रतिक्रिया गर्छन् र यो प्रतिक्रियाले बिरामी बनाउन सक्छ। यसले रूघाखोकी लाग्ने र एलर्जी पनि हुन सक्छ।

२. ज्वरो आउन सक्छ
शरीरले गर्मीको कारण पानीमा प्रतिक्रिया गर्छ तब ज्वरो आउन सक्छ। किनभने पानीको तापक्रम कम हुनुका साथै शरीर तातो हुने भएकाले शरीरले आफूलाई सन्तुलनमा राख्न सक्दैन। यसकारण विभिन्न व्यक्तिमा विभिन्न लक्षण देखिन सक्छ।

३. शरीर चिसो-तातो हुन सक्छ
चिसो-तातो शरीरको त्यो अवस्था हो जसमा मानिस गर्मीमा चिसोको सिकार हुन्छ। त्यसैले चिया पिएपछि तुरून्तै नुहाउन गएमा चिसो र गर्मीको सिकार हुन सक्छ। त्यसैले यो बानी सुधार गर्नुपर्छ। चिया पिएपछि कम्तीमा ३० मिनेटपछि मात्रै नुहाउने गर्नुपर्छ।

चियामा पाइने यी  तत्व स्वास्थ्यका लागि हानिकारक

थिन
चिया पिउँदा हामीलाई आनन्दको अनुभुती भएजस्तो लाग्छ । तर त्यो आनन्द होइन थिन नामक तत्वको प्रभाव हो । थिनको प्रभावले हाम्रो शरीरको ज्ञान तन्तुहरुको संगठनमा विषालु प्रभाव पार्छ ।

टेनिन
चियामा पाइने टेनिन भन्ने तत्वले शरीरमा कब्जीयत गराउँछ । यसले पाचन प्रणालीलाई पनि कमजोर बनाउछ । यसले निद्रालाई समेत प्रभाव पार्छ । टेनिनि नामक तत्वको प्रभाव रक्सीको जस्तै मिल्दोजुल्दो हुन्छ । यसको प्रभावले शुरुमा जाता भएको जस्तो अनुभव हुन्छ तर केही समयपछि यसको असरले थकान उत्पन्न हुन्छ । जसले गर्दा चिया खान मन लाग्छ ।

क्याफिन
चियामा पाइने क्याफिन एउटा खतरनाक तत्व हो । यसको असर रक्सी तथा तम्बाखुमा हुने निकोटिनको जस्तै हुन्छ । यसले शरीरलाई निर्वल बनाई यौन दुर्वलता समेत ल्याउँछ । क्याफिनले मुटुको धड्कन बन्द गराउन समेत सक्छ ।

आजभोली मुटु र रक्तवाहिनीमा समस्या भएका बिरामीहरु बढ्दै गएका छन् । यसरी बिरामीहरु बढ्नको कारण मध्ये एउटा कारण अधिक चिया पिउनु पनि हो । चियाको नसाले मानिसलाई बाहिर फुर्तिलो देखाएपनि भित्रभित्रै असर परिरहेको हुन्छ । चियामा पाइने क्याफिनले पिशावको मात्रामा ३ गुणा बढाउँछ । क्याफिनले शरीरभित्र रहेका दुषित मललाई मुत्रद्धारा निकाल्न दिदैन । जसले गर्दा दुषित मलहरु शरीरभित्र नै रहन्छ ।

त्यसको असरले जोर्नी दुख्ने, मिर्गौलामा खराबी आउने, मुटु सम्बन्धी रोग लाग्ने सम्भावन हुन्छ । चियामा हुने टेनिनको कारण पेटमा समस्या आउन सक्छ । जस्तै पेट फुल्ने, कब्जियत हुने, पेट दुख्ने समस्या आउँछ ।

चिया अत्याधिक पीउदा दाँत र आँखा सम्बन्धि रोगको पनि जोखिम हुन्छ । 

बुधबार ६ असार २०८० ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया