×

वैसाख ०८ गते बिहीबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापारमा आज गरिने लगानिबाट भविस्यमा राम्रो नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञको लागि जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ । अध्ययनमा अलि बढि नै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुन सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यावसायिक क्षेत्रमा गरिएको लागानीबाट आउने आम्दानिले भबिश्यको लागी भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथि हरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

घरायसी सेवा सुबिधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथिभाईको सहयोग पाईने योग रहेकोछ । व्यापारमा मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने बिपरित लिङगको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । नोकरिमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाठो कसिनेछ । उपहार तथा भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

व्यापार तथा रोजगारबाट खासै राम्रो उपलब्धि हासिल हुनेछैन । राजनितिकर्मिहरुले समर्थन भन्दा आलोचना सुन्नुपर्नेछ । आफन्त तथा अग्रजसँग सानो सानो कुरामा बिवाद हुनेछ । घरजग्गा तथा सवारिको साधनको कारोबार गर्दा ध्यान दिनुहोला रुपैया पैसा फस्ने योग रहेकोछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा दाजुभाईबाट सहयोेग पाईनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथिको भरपुर सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धी मुलक यात्रा हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा सापटी दिईएका रकमहरु फिर्ता आउनाले दैनिकी सुदृड हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रश्ताव आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरि दिन व्यातित गर्न सक्नेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाती रहनेछन् भने सरोकार नभएका बिषयमा चासो राख्नाले दुःख पाईनेछ । भौतिक सम्पति तथा सवारी साधनको खरिद बिक्रि गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घट्ना हुन सक्छ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ भने विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विदेशी लगानिबाट सञ्चालित सस्थामा नोकरी पाउने योग रहेकोछ । तरपनी खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडहिरुका लागी समय उत्तम रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अरुलाई प्रभावित पारेमा नाम तथा दाम कमाउन सकिनेछ । भूमि,बाहन तथा पैत्रिक सम्पती लातलागि हुने ग्रहयोग रहेकोछ । भविस्यको चिन्ताले नयाँ काम गर्न प्रेणा जाग्नेछ । मन परेको मानिस सँगै दिनभर रमाउन पाउदा मन प्रशन्न हुनेछ । बिशिष्ट तथा लब्धप्रतिष्ठित व्याक्तिसँग सम्बन्ध बढ्नेछ । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् ।

बिहीबार ८ बैशाख २०७९ ०८:२६ AM मा प्रकाशित

प्रतिक्रिया