×

(नेप्से) मा दोहोरो अंकको गिरावट

images

काठमाडौं ।   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १५.३७ अंकले घटेर दुई हजार ४८ दशमलव ५७ विन्दुमा बन्द भएको हो ।   नेप्सेमा आज ४ अर्ब ३१ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४८ वटाको बढेको छ भने १८८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, सर्वोतम सिमेन्ट लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् । आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार माछापुच्छ्रे बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ । आज यस कम्पनीको १ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

बिहीबार ८ चैत २०८० ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया