×

पछील्लो समय २४ घण्टामा ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

images

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।

सोमबार ९ फागुन २०७८ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया