×

डोनाल्ड ट्रम्प ह्वाइट हाउसका लागि अयोग्य

images

काठमाडौं ।  अमेरिकाको कोलोराडोस्थित सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा भाग लिन नपाउने फैसला सुनाएको छ । सर्वोच्चले मंगलबार ट्रम्पलाई ह्वाइट हाउसका लागि अयोग्य घोषित गरेको हो ।

आउँदो चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको बीबीसीले जनाएको छ । सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उनी चुनावमा भाग लिन नपाउने सर्वोच्च अदालतको निर्णयमा भनिएको छ ।​

ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएका अदालतको भनाइ छ । तर यो निर्णयमा ट्रम्पले अपिल गर्न पाउने छन् ।

बुधबार ४ पुस २०८० ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया