काठमाडौं । सहकारी पीडितहरूमाथि माइतीघरमा प्रहरीले लाठीचार्ज गरेको छ । लामो समयको आन्दोलनपछि बुधबारदेखि पुन: प्रदर्शन सुरु गरेका पीडितहरूलाई प्रहरीले लाठीचार्ज गरेको हो ।
प्रहरीले गरेको लाठीचार्जका क्रममा कम्तीमा ४ जना घाइते भएको सहकारी तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले जनाएको छ । उनीहरूको टाउकोमा चोट लागेको छ ।
पटक-पटकको आन्दोलनमा सरकारले आश्वासन देखाए पनि माग सम्बोधन नगरेको भन्दै आजदेखि पीडितहरूले पुन: आन्दोलन शुरु गरेका हुन् । गत चैतदेखि काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गरे पनि सरकारले नसुनेको पीडितको गुनासो छ ।
प्रतिक्रिया