धरान । धरान नगरपालिकाको बजेट आज आउदै छ । आज बस्ने १७औ नगरसभा बैठकमा नगरपालिकाको चालु आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन लागेको हो । असार १० गतेसम्म आउनुपर्ने बजेट आज आउने भएको हो । नगरसभा आज बिहान ८ बजे धरान उपमहानगरपालिकाको परिसरमा हुन लागेको छ ।
बैठकले चालु आर्थिक बर्षको लागी २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट ल्याउने भएको छ ।
यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएपनि जेनजी आन्दोलनको क्रममा धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नगरसभा बसेको थिएन । बैठकमा मेयर हर्क साम्पाङले बाँकी रहेका ९ बटा एजेण्डा प्रस्तुत गरेका थिए । बैठकमा नीति तथा कार्यक्रम संशोधनसँगै राजश्व पुनरावलोकनबारे, बसपार्क सञ्चालनबारेको प्रतिवेदन, सडक उपयोग सेवा शुल्कको ठेक्का , दररेट लगायतका बाँकी रहेका एजेन्डाहरु पारित भएको छ ।
बैठकमा मेयर साम्पाङले बिपद् कोषमा छ्ट्टुाएको ३ करोडबाट फोहोर मैला उठाउनका लागि मिनि टिप्पर किन्नको लागि १ करोड छुट्टाउन राखेको प्रस्ताव पनि कार्यपालिकाबाट सर्वसम्मत पारित भएको छ । त्यस्तै भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा शहादत प्राप्त गरेका धरान उपमहानगरपालिका वडा नम्बर ५ आमटार चौरी निवासी साजन मेवाहाङ्ग राईका दुई नाबालक छोराहरुको पठन पाठन लागि राहत स्वरुप उनीहरुको नाममा खाता खोली ५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरिएको छ ।
नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार मसान्त भित्रमा बजेट निर्माण गरी पास गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । तर अन्तिम समयमा पनि नगर सभाबाट प्रस्तावित विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा श्रावण १ गतेबाट बाट धरान उपमहानगरपालिकाको बजेट कानुनी रूपमै बजेटविहीन बनेको थियो । धरानको बजेट शुन्य भएसंगै दुई महिना देखि आर्थिक कारोबार पूर्ण रुपमा ठप्प रहेको छ ।
प्रतिक्रिया