×

ताहामचा नगरपरिक्रमासँगै भक्तपुरमा पहिलो दिनको गाईजात्रा सम्पन्न

images

काठमाडौं । भक्तपुरको यस वर्षको गाईजात्राको पहिलो दिन भैरवनाथको प्रतीक स्वरूप परालबाट बनाइएको “ताहामचा” अर्थात् ठूलो बच्चा स्थानीय तःमारी (टौमढी) टोलबाट नगर परिक्रमा गराइएपछि सम्पन्न भएको छ ।

भैरवनाथको ताहामचा अन्तिम क्षणमा बाहिर निकाल्ने गरिन्छ । भैरवनाथको ताहामचासँगै स्थानीय तःमारी, लाकुलाछेँ टोललगायतका बर्षभरिका दिवंगतहरूको सम्झना स्वरूप ताहामचालाई पनि नगर परिक्रमा गराइने प्रचलन रहेको छ ।

साथै भक्तपुर दरबारपरिसरमा रहेको राजा भूपतीन्द्र मल्लको शालिकमा भैरवनाथको ताहामचालाई तीन पल्ट घुमाउने गरिन्छ । यो भैरवनाथको ताहामचाले तीन पल्ट घुमाउनुको अर्थ कला, संस्कृतिका प्रेमी मल्लकालीन राजा र उनका वंशजले चलाएको जात्रा, परम्पराप्रति सम्मान प्रकट गरिएको हो ।

नेपालमा शासन पद्धति धेरै पटक परिवर्तन भएपनि अहिलेसम्म मल्लकालीन राजा र उनीहरूको वंशजको देनलाई सम्झेर श्रद्धासुमन र सम्मान गर्ने परम्परा जीवन्त रहिआएको छ ।

मङ्गलबार ४ भदौ २०८१ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया