काठमाडौं । नेकपा (बहुमत) पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाएको छ ।
जेल तथा हिरासतमा रहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्ने मागसहितको ज्ञापन–पत्र पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहित वार्ता टोलीका सदस्य र अन्य नेताको टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर ज्ञापन–पत्र बुझाएको हो ।
ज्ञापन–पत्र बुझाउँदै आफूहरूले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको समयमा पक्राउ गरेर अझै पनि प्रहरीको नियन्त्रणमा रहेका करिब चार दर्जन नेता कार्यकर्ता छोड्न आग्रह गरेको पार्टीका संयोजक कञ्चनले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले जतिसक्दो चाँडै आफ्ना नेता तथा कार्यकर्तालाई छोड्ने प्रतिबद्धता जनाएको उनको भनाई छ ।
प्रतिक्रिया