×

आजको मौसम-- मुलुकभर वर्षा हुने सम्भावना  

images


काठमाडौं । आज मुलुकभर वर्षा हुने सम्भावना रहेको छ । मौसम पुर्वानुमान महाशाखाका अननुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । केही स्थानमा चट्याङ पर्न सक्ने समेत महाशाखाको अनुमान छ । तराईका भूभागमा पनि वर्ष हुने सम्भावना  छ । 
सोमवार राती पनि मुलुकभर आँशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका केही स्थान तथा तराई भूभागका स्थानहरुमा मेघ गर्जनसहित क्षणिकदेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार ६ चैत २०७९ १०:४८ AM मा प्रकाशित

प्रतिक्रिया